बर्दियामा डाँकाको आक्रमण

२०७१ फाल्गुन २६ गते, मंगलवार

काठमाडौ, २६ फागुन। बर्दियाको ढोडरी गाउँ विकास समिति वडा नं. ९ स्थित भग्रैया गाउँमा डाँकाको आक्रमणमा परी श्रीमान्–श्रीमती नै घाइते भएका छन् ।
भारतीय सीमा नजिकको गाउँमा सोमबार राति लुटपाट गर्नेक्रममा उनीहरुलाई डाँकाले आक्रमण गरेका थिए । डाँकाको आक्रमणबाट ४७ वर्षीय मेखबहादुर बुढा र ४५ वर्षीया श्रीमती लीला बुढा गम्भीर घाइते भएका छन् ।उनीहरुको घरबाट १ लाख ५० हजार रुपैयाँ नगद, सुनको तिलहरी र ३ ओटा मोबाइल सेटसमेत लुटिएको बर्दियाका एसपी गोविन्दराम परियारले जानकारी दिए ।घाइतेहरुको भेरी अन्चल अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ । डाँकाहरु भारतीय हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु