बलात्कृत बालिकाको शवसहित प्रदर्शन

२०७१ फाल्गुन २६ गते, मंगलवार

काठमाडौ । बालिका बचाउ संघर्ष समितिले बाराको कलैयामा मङगलबार बलात्कृत बालिकाको शव सहित प्रदर्शन गरेको छ । फागुन ९ गते कलैयाको मदर्शा टोलमा बलात्कार पछि अचेत अवस्थामा फेला परेकी कलैया ८ की सात वर्षिया बालिाकाको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारका क्रममा अस्ति आइतबार मृत्यु भएको थियो।दाह संस्कारका लागि काठमाण्डौबाट मङगलबार ल्याइएको शव , बेटी बचाउ संघर्ष समितिले कलैयामा अवस्थित जिल्ल प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडिको सडकमा राखेर दिउँसो एक बजे देखि प्रदर्शन गरेको हो । प्रदर्शनमा कलैयाका सर्वसाधरण, नागरिक समाज , युवा , विधार्थी , राजनीतिक दलका नेता कार्यकर्ता लगायतको सहभागीता रहेको छ ।प्रदर्शनमा सहभागीहरुले मङगलबार दिउसो सवा २ बजे देखि कलैया बजार पनि बन्द गराएका छन् ।
बेटी बचाउ संघर्ष समितिले कलैयामा अहिले सम्म बलत्कार पछि हत्या गरिएका बालिकाहरुको परिवारलाइ क्षतिपुर्ति बापत जनही २० लाख रुपैया उपलब्ध गराउनु पर्ने , कलैया नगर क्षेत्रमा सिसि क्यामेरा जडान गर्नु पर्ने ,नगरको शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउनु पर्ने लगायतका माग गर्दै प्रदर्शन गरेको समितिका सचिव मुकेश साहले बताए।
यस्तै काठमाण्डौबाट शव ल्याउने क्रममा सिमरामा पनि मङगलबार दिउँसो स्थानीयवासीले बालिकाको शव सहित प्रदर्शन गरेका थिए। सिमराको मुख्य चोकमा स्थानीयवासी, राजनीतीक दलका नेता कार्यकर्ता र युवा विधार्थीले बालिकाको शव राखेर १५ मिनेट प्रदर्शन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु