माओवादी डोटीद्वारा जनकारबाहीको थालनी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी डोटीले जनकारबाही सुरु गरेको छ ।माओवादी डोटीका सेक्रेटरी आजादले प्रेस बक्तब्य जारी गरी सो कुराको खुलासा गरेका छन् । माओवादी डोटीका सेक्रेटरी आजादले जारी गरेको प्रेस बक्तब्यको पूर्ण बिबराब यस प्रकार रहेको छ – “विगत २०५२ साल देखि सुरु भएको महान जनयुद्ध को मुख्य उद्देश्य हाम्रो देशमा आमुल परिवर्तन गर्नु थियो । जस्का लागि नेपाली जनताले लामो समय सम्म संर्घष गरे । संर्घषको फलस्वरुप राजतन्त्रको समुल नष्ट भई गाणतन्त्र घोषणा भयो । तर यो देशका कतिपय दलालहरुले गणतन्त्रलाई संस्थागत विकास गर्न दिरहेका छैनन् । हामि त्यस्को कडा प्रतिवाद गर्दै नयां जनवादी गणतन्त्रको संस्थागत विकास गर्न चाहन्छौ । देशमा भ्रष्टाचार,दलालीकरणको अन्त्य गर्नु र विविध किसिमका विसंगति र विकृतिको अन्त्य गरि जन्ाता र राष्ट्रलाई सु- व्यवस्थित गर्ने नेकपा माओवादीको मुख्य लक्ष्य हो । जस्मा कतिपय शासकहरुलाई जतिपटक सम्झउदा पनि मानिरहेका छैनन् । जस अर्न्तगत डोटी जिल्ला वर्छैन गा वि स वडा नं ९ तथा निरौली गा.बि.स.वडा न.७ निवासी पदमराज जोशी लाई वारम्वार सच्चीएर (रुपान्तरण) भएर जानु पर्दछ भन्ने जन्ताको सुझाव सल्लाह हुदाहुदै पनि सुध्र्रीन चाहेनन् । बरु उल्टै निम्न प्रकारका गलत क्रियाकलाप गर्दै गएका कारण पहिलो पटक चेतावनी स्वरुप उनलाई यो जनकारवाही गरिएको छ । यदि उनको जनबिरोधी कृयाकलाप यथाबत रहेमा यो भन्दा कडा कदम चाल्न नपरोस भन्ने सुझाव पनि दिन चाहन्छैं ।
१. पहिले माओवादी जनयुद्धको घोर बिरोध गर्दै प्रतिकार समिति गठन गरि जनतामा क्षति पुग्ने काम गरेको र अहिले पनि पुरानो क्रियाकलाप लाइ पर्ुनरजिवित गर्ने काम गरिरहेको ।
२. उनको स्थाई आयसा्रेत कतै नभएको तर विपिनगर,धनगढी,अत्तरीया र काठमाण्डौंमा समेत गलत ढंगले घर घडेरी बनाएको ।
३. प्राकृतिक सम्पदा माथि ब्यक्तिगत स्वामित्व कायम गरि भ्रष्टाचार गर्ने गरेको । मान्नाकापडी थलापानि,सालमुनि हाइड्रोपावर को नाममा प्राकृतिक सम्पदाको तस्करिमा लागेको ।
४. जन्ताहरुलाइ झुटो आस्वासन दिदै विकास निर्माणमा आएको रकम ठगि गरेको ।
५. र्सार्वजनिक संघ संस्थाहरुमा व्यक्तिगत रुपमा हिनामिना गरि आर्थिक भ्रष्टाचार गरेको ।
६. काठ तस्करिमा अप्रत्यक्ष रुपमा संलग्न भई ठुलो रकम खाएको आदि जस्ता क्रियाकलाप गरेकोले आजैको मितिबाट निज पदमराज जोशीको बिपिनगरमा रहेको पक्की घर हाम्रो पार्टी नेकपा माओबादी डोटीको कब्जामा रहेको जानकारी गराउछौ ।
साथै यस्ता किसिमका क्रियाकलाप र जन विरोधी काम समाजमा कसैले पनि नगर्न सबैमा अपिल गर्न चान्छौं । यदि कसैले यस्ता किसिमका गलत काम गरेको रिपोर्ट हाम्रो पार्टीमा परेमा उक्त व्यक्ति वा संघ संस्थाहरुलाई हामी जनकार्बाहिको भागेदारी गराउन बाध्य हुनेछौं ।”