दुईवटा ब्राण्डको तेल बिक्री वितरणमा रोक

२०७१ फाल्गुन २८ गते, बिहीबार

काठमाडौँ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले दुईवटा ब्राण्डको तेललाई मुलुकभर बिक्री वितरणमा रोक लगाएको छ। विभागको नेतृत्वमा महानगरीय प्रहरी परिसर हनुमानढोका र उपभोक्ता मञ्च नेपालको सहभागितामा लाजिम्पाट र पुतलीसडक क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा अधिकतम बिक्री मूल्य र उत्पादित मिति नलेखी बिक्री वितरण गरिएको अवस्थामा भेटिएका तेललाई रोक लगाइएको विभागले जनाएको छ । लाजिम्पाटमा मेगा मार्ट प्रालिका नाममा दर्ता भई विग मार्टका नाममा सञ्चालनमा रहेको सपिङ केन्द्रमा बिक्री वितरण गरिएको फर्गटा एक्स्ट्रा भर्जिन ओलिभ आइल नामको तेलमा अधिकतम बिक्री मूल्य नभएकाले नेपालभर आजैका मितिदेखि बिक्री वितरणमा रोक लगाइएको विभागका शाखा अधिकृत रत्नेश शशीले जनाए।
पुतलीसडकको कुमारी फुड प्रोभिजन सेन्टरमा बिक्री वितरणमा राखिएको सियरा ओलिभ आयलमा पनि अधिकतम बिक्री मूल्य र उत्पादित मिति पनि नभएकाले बिक्री वितरणमा रोक लगाउन सिफारिस गरिएको मञ्चका अनुगमन सदस्य रोशन पोखरेलले बताए। दुवै तेल खाने र शरीरमा लगाउनका लागि समेत प्रयोगमा ल्याउने गरिएको विभागले जनाएको छ।
यसैगरी लाजिम्पाट कोल्ड स्टोरमा लेभल नलगाइएका सामान बिक्री वितरण गरेको पाइएकाले ती सामानलाई पनि बिक्री वितरणमा रोक लगाइएको छ। लाजिम्पाटकै ब्लुमुन सपिङ सेन्टरमा साइन बोर्ड नराखी सञ्चालन गरेको पाइएकाले साइन बोर्ड राखेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।
लाजिम्पाटकै तृष्णा मिठाइ र निखिलेश्वर स्विट सेन्टरमा एप्रोन नलगाई कामदारले काम गरेको, कराइमा दुई घण्टाभन्दा बढी समयसम्म केही नहाली तेलमात्र तताएको अवस्थामा पाइएकाले यस्ता गल्ती नदोहोर्‍याउन विभागले सचेत गराएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार