एलडिओ माथि भएको दुव्यवहारको कर्मचारीद्धारा बिरोध
काठमाडौ, २८ फागुन । स्थानिय बिकास अधिकारी प्रेमराज गिरीमाथी हिजो भएको दुव्यवहारको बिरोधमा जिल्ला बिकास समिति गोरखाका कर्मचारीले आज कार्यलयका सवै कामकाज ठप्प पारेका छन् । एकिकृत नेकपा माओाबादीका नेता कार्यकर्ताले हिजो कार्यकक्षमै पुगेर स्थानिय बिकास अधिकारी गिरी लाई दुव्यवहार गरेका बिरोधमा कर्मचारीहरुले कामकाज ठप्प पारेका हुन । कर्मचारीहरुले सांकेतिक बिरोध स्वरुप आज कलम बन्द गरेका जनाएका छन् । बिहान कार्यलय पुगेका कर्मचारीहरु दिनभर कार्यालय बाहिर बसेर बिरोध गरेका थिए । आजै जिविसका कर्मचारी कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी उद्धव पं्रसाद तिमिल्सीनालाई भेटेर कर्मचारीहरुलार्य निर्वाध रुपमा काम गर्ने बाताबरण मिलाउन र शान्ति सुरक्षाको बातावरण बनाई दिन समेत आग्रह गरेका छन् । जिल्ला बिकास समितिका कर्मचारीले आज आकस्मिक कामकाज ठप्प पारे पछि कामका लागि आएका सेवा ग्राहीहरु भने समस्यमा परेका छन् । बन्दका कारण योजना सम्झौता लगायत जि.वि.सले गर्नेए नियमित कामहरु प्रभावित भएको बन्दका कारण योजना सम्झौता लगायत जि.वि.सले गर्ने नियमित कामहरु प्रभावित भएको छ । हिजो जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि बनाउन लागिएका एमाओबादी बरिष्ट नेता डा. बाबुराम भट्टराई पत्र नपठाएको भन्दै एकिकृत माओबादीका कार्यकर्ताले स्थानिय बिकास अधिकारीलाई दुव्र्यवहार गरेका थिए । यत घटनाको बिरोधमा आजै जिल्लाका सवै गा.वि.स सचिवहरुले पनि दैनिक कामकाज ठप्प पारेका छन् । उनिहरुले कर्मचारीहरुको सुरक्षाको माग गर्दै बिरोध स्वरुप कामकाज रोकेको गा.वि.स हकहित संरक्षण केन्द्रका अध्यक्ष गणेश त्रिपाठीले जानकारी दिए ।