महानगरपालिकाका कर्मचारीले फोहोरमैला नउठाउने

२०७१ फाल्गुन २८ गते, बिहीबार

काठमाडौं, २८ फागुन । काठमाडौं महानगरपालिकाका कर्मचारीले ओखरपौवाका बासिन्दाले महानगरपालिकाका लोडर, डोजर र स्काभेटरमा आगजनी गरेको बिरोधमा फोहोरमैला नउठाउने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकामा रहेका विभिन्न ११ वटा कर्मचारी संगठनले बिहीबार पत्रकार सम्मेलन गरी ओखरपौवा बासिन्दाको तारो भएर काम गर्न नसक्ने भन्दै महानरपालिकाको फोहोर संकलन नगर्ने घोषणा गरेका हुन् ।
फोहोरमैला बोकेको सवारी साधनको ठक्करले बुधबार ओखरपौवामा एक बालकको निधन भएको बिरोधमा स्थानीय बासिन्दाले २ वटा लोडर, २ वटा डोजर, एउटा स्काभेटर र आगलागी नियन्त्रणका लागि गएको दमकलमा तोडफोड र आगजनी गरेपछि महानगरपालिकाका कर्मचारीले सरकारले सुरक्षाको भरपर्दो व्यवस्था नगरेसम्म फोहोर संकलन नगर्ने बताएका छन् ।
उनीहरुले तोडफोड र आगजनीमा संलग्नको पहिचान गरी उनीहरुबाट क्षति असुल गर्न र ओखरपौवाको सिस्डोलस्थित ल्याण्डफिल साइटको वैकल्पिक व्यवस्था गर्न पनि माग गरेका छन् । कर्मचारी संगठनले फोहोर संकलन नगर्ने घोषणा गरेसँगै महानगरपालिकाका विभिन्न स्थानमा फोहोर थुप्रिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु