सुनको भाउ ओरालो लाग्यो
काठमाडौं,२८ फागुन । सुन चाँदीको भाउ बिहीबार घटेको छ । सुन तोलाको ५० हजार एक सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो बुधबारको भन्दा तोलामा चार सय रुपैयाँले कम हो । बुधबार सुन तोलाको ५० हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै चाँदीको भाउ पनि १० रुपैयाँ सस्तो भएको छ । चाँदी तोलाको ६ सय ७० रुपैयाँमा किनबेच भैरहेको व्यवसायीले बताएका छन् ।