गरिबमारा गरिबी निवारण कोषका कर्मचारीहरु
काठमाडौ, २९ फागुन। गरिबी निवारण कोषका कर्मचारीहरुले यातायत खर्चका नाममा फर्जी बिल पेस गरेर रकम दुरुपयोग गरेको भेटिएको छ ।
जिल्ला भ्रमणका नाममा उनीहरुले सवारी साधन रिजर्भ गरेको देखाई लाखौंको नक्कली बिल बनाएका हुन् ।प्रधानमन्त्री कार्यालय स्रोतबाट प्राप्त बिवरण अनुसार कार्य प्रवन्धक विक्रम कार्कीले काठमाडौं सिन्धुली यात्राको बिलमा एक लाख १८ हजार रुपैयाँ भुक्तानी लिएका छन् । अर्का कार्य प्रवन्धक रमेशबहादुर थिङले काठमाडौं रामेछाप काठमाडौंको बिलवापत ५१ हजार बुझेका छन् । विपन्न जनताको जिवनस्तर उस्कान दातृ निकायले दिएको ऋण सहयोगको दुरुपयोग गर्दै कोषका कार्यकारी निर्देशक, वित्त महाप्रवन्धकदेखि जिल्लामा खटिने कार्य प्रवन्धकहरुले फर्नी बिलका आधारमा करोडौं खर्च देखाएका हुन् ।