माओवादीद्वारा चितवनमा जग्गा कब्जा

काठमाडौ । नेकपा माओवादी चितवनले जिल्लाका बिभिन्न ठाउँमा रहेको ठूलो मात्रामा जमिन नियन्त्रणमा लिएको छ । दलाली गर्नेहरुले प्लटिङ गरेर युद्धकालमा पार्टीको नियन्त्रणमा रहेको जग्गा बिक्री वितरण गर्न थालेको भन्दै माओवादीले पुन ति जग्गा नियन्त्रणमा लिएको बताएको छ ।
माओवादी चितवन जिल्ला पार्टीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै जिल्लाको ९ ठाउँमा रहेको जमिन पुनः नियन्त्रणमा लिएको जानकारी गराएको हो । माओवादी चितवनका जिल्ला सेक्रेटरी महेशले एक विज्ञप्ती जारी गर्दै विगत जनयुद्धकालमा स्थापित जनसत्ताले गरेको फैसला वमोजिम नै ती जग्गा जमिन पुनः नियन्त्रणमा लिएको जनाएका छन् । आदिवासी भूमिपुत्र तथा गरीब किसानहरुले प्रकृतिसँग ठूलो संघर्ष गरी खेतीयोग्य जमिनमा परिणत गरेको जग्गा पछिल्लो चरणमा दलालहरुले जाली तमसुक बनाएर ‘हडपेको’ माओवादी चितवनले दावी गरेको छ । साथै थुप्रै सार्वजनिक जग्गालाई पनि प्रहरी प्रशासनको बलमा आफू र आफ्ना आफन्तको नाममा बनाउने क्रम पनि बढ्दै गएको विज्ञप्तीमा बताइएको छ । त्यसलाई रोक्न आफूहरुले नयाँ कदम चालेको र सो क्रममा विभिन्न व्यक्तिहरुले आफ्नो नाममा गरेको र प्लटिङ गरी बेच्न थालेको जग्गा आफूहरुले नियन्त्रणमा लिएको माओवादी चितवनका जिल्ला नेता केशवले जानकारी दिएका छन् । उनले ती जग्गाहरु जनसत्ताले निर्णय गरेर भूमिहीन किसान, सुकुम्वासी र कमैयालाई वितरण गरेको र त्यो कुरा बृहत शान्ति सम्झौतामा समेत स्वीकार गरिएको उनले दावी गरे । बृहत शान्ति सम्झौताले जनसत्ताले दर्ता गरेका जग्गा जमिनलाई मान्यता दिने भनिसकेकाले त्यो सहमति उल्टन नदिने उनले बताए ।
माओवादी चितवनले कब्जा गरेको जमिनको विवरण यसप्रकार रहेको छ:
पुन नियन्त्रणमा लिइएकाे जानकारी गराउँदै माअाेवादी चितवनका सेक्रेटरी महेशले आफ्नो सूचनालाई कसैले वेवास्ता गरेमा त्यसपछि हुने कारवाहीको भागीदार अाफै बन्न पनि चेतावनी दिएका छन् ।