घुस्याहा कर्मचारी अख्तियारको फन्दामा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै काठमाडौं जिल्ला प्रशासन कार्यालयका तीन जनालाई पक्राउ गरेको छ । अख्तियारको टोलीले ७ हजार लिँदालिँदै कार्यालयका नायब सुब्बाहरु केदार शर्मा र बेलकुमार शर्मा तथा कार्यालय सहायक बिष्णु गौतमलाई रंगेहात पक्राउ गरेको हो ।उनीहरुले काठमाडौं दहचोकी सविना सिलवालसँग घुस मागेको भन्ने उजुरी आधारमा अख्तियारको टोली जिल्ला प्रशासन पुगेको थियो । सिलवालले डेरावालले कोठा छोड्न नमानेको तथा आफुलाई धम्की दिएको भन्दै जिल्ला प्रशासनमा उजुरी दर्ता गराएकी थिइन् ।तर उजुरीपछि जिल्ला प्रशासनका कर्मचारीले एक लाख घुस मागेको र १५ हजारमा कुरा मिलेपछि सविनाले अख्तियारमा उजुरी हालेकी थिइन् ।