जथाभावी विषादी बेचे जरिवाना र कैद हुने

२०७१ चैत्र ११ गते, बुधबार

काठमाडौ, ११ चैत । आफूखुसी आयात गरेर जथाभावी विषादी बेच्ने व्यवसायीलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी कानुन बन्न लागेको छ। जीवनाशक विषादी ऐन २०४८ संशोधन गरेर सरकारले यस्तो प्रावधान राख्न लागेको छ। व्यापारीले प्रतिबन्धित विषादी आयात गरेर किसानलाई जथाभावी बेचेको भेटिए ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र पहिलोपल्ट ६ महिना कैद वा दुवै सजाय हुनसक्ने प्रावधान ऐनमा राख्न लागिएको छ।
आयातकर्ता र बिक्रेताले आफूखुसी विषादी भित्र्याएर किसानलाई अनियन्त्रित रुपमा बेचेका कारण पछिल्लो समय हरियो तरकारीमा बढी विषादी अवशेष भेटिएको र त्यसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर नकारात्मक असर परेको भन्दै सरकारले ऐन संशोधन गर्न लागेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार