माथिल्लो तामाकोशी आयोजनाको काम सुचारु

२०७१ चैत्र १२ गते, बिहीबार

काठमाडौ, १२ चैत । हिजो भएको वार्ता सहमतिमा टुंगिएपछि झण्डै दुई सातापछि माथिल्लो तामाकोशी आयोजनाको काम आजदेखि सुचारु हुने भएको छ ।आयोजनाको ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका मजदुरहरुले प्रति मजदुर ५ सय कित्ताका दरले आयोजनाको शेयर पाउनु पर्ने एकसुत्रीय माग राखेर आन्दोलन शुरु गरेका थिए ।
यस विषयमा टुंगो लगाउन एकसाता भित्र कार्यदल गठन गर्ने सहमतिपछि आजदेखि काम सुरु हुन लागेको वार्तामा सहभागी मजदुर प्रतिनिधि सोनाम दोर्जे शेर्पाले ्बताए ।
उनले आजदेखि काम शुरु गर्न मजदुरलाई भनिसकेको पनि जानकारी दिेए । ४सय ५६ मेगावाटको राष्ट्रिय गौरवको आयोजना आगामी २ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार