बुढानीलकण्ठ महोत्सव चैत्र २६ देखि
काठमाडौँ । आगामी चैत्र २६ गते देखि बैशाख १ गते सम्म ‘हाम्रो बुढानीलकण्ठ, राम्रो बुढानीलकण्ठ’, ‘जाउँ है बुढानीलकण्ठ’ को नाराका साथ प्रथम ऐतिहासिक बुढानीलकण्ठ महोत्सव २०७१–७२ हुने भएको छ । महोत्सवको आयोजक बुढानीलकण्ठ क्षेत्र विकास समिति रहेको छ भने बुढानीलकण्ठ सांस्कृतिक तथा पर्यटन समितिले सहआयोजकको भुमिका निर्वाह गर्ने भएको छ । क्षेत्र विकास समितिअन्तर्गत टोखा चण्डेश्वरीदेखि चपली भद्रकाली रुद्रेश्वर माहादेव, चुनीखेल, महांकालदेखि आनीगुम्बासहित फुलहारी गुम्बा पर्ने यस स्थानमा प्रथम पटक यस महोत्सव हुन लागेको हो । चैत्र २६ गतेदेखि २९ गतेसम्म धार्मिक, सास्कृतिक र पर्यटनसम्बन्धी कार्यक्रम गर्दै चैत्र ३० गते प्रथम ऐतिहासिक बुढानीलकण्ठ महोत्सवको पूर्व सन्ध्यामा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएको छ । महोत्सवलार्ई भव्यतापूर्वक सम्पन्न गर्नका लागि बुढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापाको अध्यक्षयतामा एकहजार एक मुल महोत्सव समारोह समिति गठन गरिएको छ ।
मूल समितिलार्ई सहयोग हुने गरी विभिन्न उपसमितिहरूको समेत गठन भइरहेको आयोजक समितिका अध्यक्ष जयराम थापाले दैनिक कार्यलार्ई व्यवस्थित बनाउन सय जनाको सचिवालय समेत गठन भइसकेको बताएका छन् । बुढानीलकण्ठ नगरपालिकाको प्रत्यक्ष सहयोग रहने यस महोत्सवको तयारीका अनुमानीत रु. ५० लाख लाग्ने बताउदै उनले यस महोत्सव लार्ई स्मरणीय महोत्सव बनाउन लागिपरेको समेत बताए । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रूपले सम्पन्न यस नगरपालिकामा पहिलो पटक बुढानीलकण्ठ महोत्सव हुन लागेकाले सम्पूर्ण पक्षलार्ई समेटेर महोत्सवलार्ई उदाहरणीय बनाउने प्रयास भईरहेको उनले बताए । सोही अवसर पारेर विश्वको सबैभन्दा ठूलो डमरुलार्ई पनि बुढानीलकण्ठ मन्दिरमा ल्याइने भएको छ ।
एक धार्मिक गुरुको प्रयाशमा सो डमरु मन्दिरमा ल्याउन लागिएको हो । चैत्र ३० गते नै महाराजगंज चोकबाट बिभिन्न जातजातिका, भेषभुषा एवम पहिरन र बाजागाजाका साथ विशाल र्यालीको आयोजना गरेर महोत्सवको प्रचार गरिने समेत थापाले बताएका छन । बुढानीलकण्ठ मन्दिर परिसर बाहिर वरिष्ठ कलाकारहरूको सांगीतिक प्रस्तुतिसंगै मन्दिरभित्र विद्वान गुरुवर्गहरूको धार्मिक प्रवचनसमेत महोत्सवका अवसरमा हुने भएको छ । महोत्सवलार्ई भव्यतापूवर्क सम्पन्न गर्न सम्पूर्ण नगरवासीहरू एकजुट भएर अघि बढनु पर्ने बताउदै सबैलार्ई सहयोगका लागि आग्रह समेत गरेका छन् ।