डा. केसीको आन्दोलनप्रति जनस्वाथ्यकर्मीको एक्यवद्धता
काठमाडौँ, १४ चैत्र । स्वास्थ्य क्षेत्र सुधारको लागि विभिन्न दश बुँदे मागसहित आमरण अनसन बसेका प्रा.डा. गोविन्द केसीको आन्दोलनप्रति एक्यवद्धता तथा समर्थन बढिरहेको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत संघ–संगठन, नागरिक समाजका साथै पार्टीका शिर्ष नेताहरुले शिक्षण अस्पतालमै पुगेर केसीको आन्दोलनप्रति समर्थन गरिरहेका छन् । यसैक्रममा प्रगतिशील स्वास्थ्यकर्मीहरुको संगठन अखिले नेपाल जनस्वास्थ्यकर्मी महासंघले पनि डा.केसीको आन्दोलनप्रति एक्वयवद्धा जनाएको छ । संगठनका अध्यक्ष डम्बर रावलले शनिबार एक प्रेस विज्ञाप्ती जारी गर्दै एक्यवद्धता जहेर गरेका हुन । ‘स्वास्थ्य क्षेत्रमा भएको माफियाकरणको विरुद्धमा १० बुँदे मागहरु राख्दै सेवारत प्राध्यापक डा. गोविन्द केसी आइओएममा अनशन बस्नु भएको छ । यी जायज मागहरुप्रति हाम्रो संगठन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ पूर्ण समर्थन र एक्यवद्धता जाहेर गर्दछ’ जारी विज्ञाप्तीमा भनिएको छ । डा. केसीका जायज मागहरु पूरा गरी जीवन रक्षाको पहल गर्न सम्बन्धित पक्षसँग विज्ञाप्तीमा माग गरिएको छ । अध्यक्ष रावलले देशभर रहेका स्वास्थ्य क्षेत्रका सरकारी निकाय, संस्थान र विश्व विद्यालय अन्तरगत रहेने शिक्षण संस्था र शिक्षण अस्पतालहरुमा हुने विकृतिहरुका विरुद्धको अभियानमा जुट्न सबै स्वास्थ्यकर्मीलाई आग्रह समेत गरेका छन् ।