आज पत्रकार महासंघ ६०औं वार्षिकोत्सव
काठमाडौ, १६ चैत । आज नेपाल पत्रकार महासंघको ६०औं वार्षिकोत्सव , महासंघले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । काठमाडौलगायत जिल्ला जिल्लामा सम्बन्धित जिल्ला शाखाहरुले प्रभातफेरि, छलफल तथा अन्तरक्रियालगायतका कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने तयारी गरेको छ । महासंघले राजधानीमा बिहान प्रभातफेरि गरेको छ भने दिउँसो २ बजे चियापान कार्यक्रमको आयोजना गरेको छ । प्रत्येक वर्षको चैत १६ गते महासंघले आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।