३० दलीय मोर्चाको बैठक बस्दै

२०७१ चैत्र १६ गते, सोमबार

काठमाडौ, १६ चैत । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठक आज दिउँसो ३ बजे बस्दैछ । बैठकमा अहिलेसम्म भएको वार्ता र छलफलको समीक्षा गर्दै आगामी कार्यक्रम बनाइने तयारीस्वरुप बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।
विपक्षी मोर्चाले हिजोसम्म गरिएका वार्ताहरु सकारात्मक नभएको निष्कर्ष हिजै साँझ बसेको बैठकले पनि निकाल्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताइसकेको छ । साथै सभाध्यक्षले अर्को हप्ता संविधासभाको बैठक बोलाएपछिको अवस्थाका बारेमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]