जोगिमारामा बस दुर्घटना चार जनाको मृत्यु

२०७१ चैत्र १६ गते, सोमबार

काठमाडौ, १६ चैत । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जोगिमारा–९ खटौतिमा बस र माइक्रो एकआपसमा ठोकिंदा चार जनाको मृत्यु घटनास्थलमै मृत्यु भएको छ ।दुर्घटनामा आठ जना यात्रु घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।काठमाडौंबाट कपिलवस्तु जांदै गरेको लु १ प ९५९३ नम्बरको बस र पोखराबाट काठमाडौं आउंदै गरेको बा १ प १०२८ नम्बर माइक्रोबस ठोकिएको हो । मृतक र घाइते सबै माइक्रोबसका रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु