भारतीय विदेश सचिव सुब्रमन्यम् नेपाल आउँदै
काठमाडौ, १९ चैत । भारतका विदेश सचिव डा एस (सुब्रमन्यम्) जयशंकर दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन । नेपालमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, परराष्ट्र मन्त्र ितथा वरिष्ठ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाली समकक्षी शंकरदास वैरागीसँग भने प्रतिनिधि मण्डल स्तरीय भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।