बिस्वकै जेठी महिलाको निधन
काठमाडौं । संसारकै सबैभन्दा जेठी महिला जापानकी मिसाओ ओकावाको १ सय १७ वर्षको उमेरमा बुधबार निधन भएको छ । सन् १८९८ मा जन्मिएकी ओकावालाई सन् २०१३ मा गिनिज बुकले संसारकै जेठी महिलाको प्रमाणपत्र दिएको थियो । उनले यसै महिना आफ्नो जन्मदिन मनाएकी थिइन् ।उनको जन्मदिनको कार्यक्रम राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । उनको जीवनकालमा जापानमा ४ ओटा सम्राट, बेलायतमा ६ राजा/महारानी र अमेरिकमा २० ओटा राष्ट्रपति फेरिएको जनाइएको छ ।गिनिज बुकका अनुसार संसारमा सबैभन्दा बढी बाँच्ने मानिस फ्रान्सका जेन्न काल्मेन्ट हुन् । १ सय २२ वर्ष ५ महिना १५ दिन बाँचेका काल्मेन्टको १९९७ को अगस्टमा निधन भएको थियो । – एजेन्सी