पेट्रोलियम पदार्थको भाउ घट्यो

२०७१ चैत्र १९ गते, बिहीबार

काठमाडौं,१९ चैत । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य लिटरमा एक रुपैयाँले घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक रूपैयाँले घटाएको हो ।जसअनुसार एक लिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँमा झरेको छ । त्यसैगरी, प्रतिलिटर डिजेल र मटि्टतेल ८६ रुपैयाँ ५० पैसा कायम भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि भारतीय आयल निगमले घटेको रेट अनुसार आयल निगमले मूल्य समायोजन गरेर नयाँ मूल्य सार्वजनिक गरेको हो ।
निगमले गत असोज १३ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । त्यसयता लगातार प्रतिलिटर पेट्रोलको मूल्य २५ रुपैयाँ ५० पैसा र डिजेलको तथा मट्टितेलको मूल्य १९ रुपैयाँले घटेको थियो ।तर, गत फागुन २२ गते भने पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पहिलोपटक प्रतिलिटर एक रुपैयाँले बढेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार