आज सहकारी दिवस
काठमाडाैं, २० चैत । आज राष्ट्रिय सहकारी दिवस । आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइदैछ । वि.सं. २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष आजको दिन राष्ट्रिय सहकारी दिवस मनाइने गरिन्छ ।अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय ३१ हजारभन्दा बढी सहकारी संस्था छन् । सहकारी क्षेत्रले मुलुकको कुल गाह्स्थ उत्पादनमा ३ प्रतिशत माथि र वित्तीय क्षेत्रमा १८ प्रतिशतभन्दा माथि योगदान पुर्याएको राष्ट्रिय सहकारी संघ लिमिटेड नेपालले जनाएको छ । यस क्षेत्रमा संलग्न ४६ लाखभन्दा बढी सदस्यमध्ये ४६ प्रतिशतभन्दा धेरै महिला रहेका छन् ।
दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइराला, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतम, सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौड्याल र राष्ट्रिय सहकारी संघ लिमिटेड नेपालका केशव प्रसाद वडालले शुभकामना दिएका छन ।