अद्भूत बालक जो बोल्न सक्दैनन्, लेखेर हरेक प्रश्नको जवाफ दिन्छन्

२०७१ चैत्र २२ गते, आईतवार

काठमाडौं, २२ चैत । चार वर्ष आठ महिनाका आदित्य दाहाल बोल्न र हिँड्डुल गर्न सक्दैनन् । कहिल्यै विद्यालय गएका पनि छैनन् । तर, बसी-बसी हरेक प्रश्नको जवाफ लेखेर दिन्छन् । त्यसैले उनलाई भेट्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल, स्वस्थ्यमन्त्री खगराज अधिकारी, सरकार मुख्य सचिव लीलामणि पौडेल, पूर्वमन्त्री माधव घिमिरेदेखि थुप्रै नेता, कर्मचारी तथा सर्वसाधारण पुगेका छन् । उनको उपचारमा सरकारले २५ लाख दिने भएपछि अमेरिका लग्ने तयारी भएको छ ।एक अलौकिक बालकजसलाई आँखाले नदेखेसम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाका बालकसँग संसारका अनेट जटिल प्रश्नको उत्तर छ । उनले केही प्रश्नलाई भने कुटनीतिक जवाफ दिने गरेका छन् । नेपालको संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनले नेताहरुबीचको झगडा मिलेपछि २०७२ सालमा भनेका छन् । त्यस्तै उनलाई भेट्न जाने मानिसहरुलाई बेग्ला बेग्लै सल्लाह दिने गरेका छन् । मुख्य सचिव लीलामणि पौडेललाई बागमती सफा गर्ने हैन बागमतीमा फोहोर फाल्न बन्द गरौं भनेका छन् । त्यस्तै उनले सुशील कोइरालापछि नेपालमा केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन् ।
त्यस्तै उनले आफू २०७३/३/३१ देखि हिँड्न थाल्ने पनि बताएका छन् । चिकित्सकहरुलाई भेट्दा आफ्नो ज्ञानलाई असर नपर्ने गरी उपचार गर्न आग्रह गर्ने गरेका छन् ।उनीभित्र रहेको यो अद्भुत ज्ञान देखेर उनलाई भेट्न आउने सबै छक्क पर्ने गरेका छन् ।जो बालक बोल्न र हिँड्न सक्दैनन, असाधारण प्रश्नको जवाफ दिन्छन् । उनको यो क्षमताको वैज्ञानिक अनुसन्धान हुन बाँकी छ । नयाँ पत्रिकामा खबर छापिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु