बंगलादेशमा तुफान
काठमाडौं, २३चैत । बंगलादेशका केही स्थानमा आइतबार राति आएको भिषण तुफानका कारण कम्तीमा पनि २२ जनाले ज्यान गुमाएका छन् । तुफानका कारण पाँच जिल्ला पूर्णरुपमा प्रभावित भएको छ । बोगरा जिल्लामा जनधनको सबैभन्दा बढी क्षति भएको अधिकारीहरुले बताएका छन् । बोगरा राजधानी ढाकाको उत्तर करिब २२८ किलोमिटरको दूरीमा पर्दछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अधिकारीहरुले मृतकको संख्या बढ्ने आशंका गरेका छन् । जिल्लाका प्रमुख प्रशासक शफिकुर रजा बिसबासले जिल्लामा कम्तीमा १४ जना मारिएको बताए ।
अधिकारीहरुका अनुसार मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन्। ५० बढी घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। तुफानले ठुलो संख्यामा घरमा क्षति पुराएको छ। कयौ रुख ढल्दा बिजुली आपुर्तिसमेत बन्द भएको बताइएको छ। एजेन्सी