कर्णाली सम्झौता गर्दा माओबादीलाई १० करोड अफरः बास्तोला

२०७१ चैत्र २४ गते, मंगलवार

काठमाडौं । नेकपा माओवादीका स्थायी समिती सदस्य धर्बेन्द्र बास्तेलाले माथिल्लो कर्णाली सम्झौताको समयमा आफ्नो पार्टीलाई १० करोडको प्रस्ताव आएको तर आफ्नो पार्टीले स्वीकार नगरेको बताएका छन् ।सोमबार रजधानीमा देश भक्त संघीय जनबादी मोर्चा, नेपालले आयोजना गरेको चैत्र २४ को महत्व र राष्टिय स्वधिनता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कराको खुलासा गरेका हुन् ।कार्यक्रममा बोल्दै बास्तोलाले ब्यक्तिगत रुपमा आफूलाई पनि गाडीसहित १ करोड प्रस्ताव गरेको पनि बताए । ’माथिल्लो कर्णालाी सम्झौताको तत्कालीन समयमा प्रत्यक पार्टीहरुलाई जिएमआरले ५(५ करोडका बृफकेषहरु होटल हायातमा दिएको र केहिले त्यहि छाडेर गए पनि पछि नयँबजारमा पुर्याएपछि स्वीकार गरि लिइएको थियो’उनले भने ।
त्यस्तै कार्यक्रममा बोल्दै सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपाली नेताहरु राष्टियताको कुरा उठाउने तर भोली पल्ट भारतियरुसंग कानेखुसीपछि एकाएक सबैको धारण एउटै बनाउने गर्छन र मुद्धा छोड्ने गरेको बताए ।पूर्ब जलस्रोत मन्त्रि दिपक ज्ञावलीले नेकपा एमालेलाई आलु पार्टी भएको भन्दै जोसंग पनि मिल्न सक्ने नेकपा (एन्जीओ) पार्टीको संज्ञा दिए । उनले एमाओबादीले अनावस्यक बिप्पा जस्तो राष्टघाति सम्झौता गरेको भन्दै बेलगाम पूजिबाद भित्राउन सघाउने पार्टीका रुपमा चित्रित भएकोव बताए । नेकपा एमालेको केन्द्रीय सदस्य साबित्रा भुुुुसाल, इतिहासविद् डा. सुरेन्द्र केसी, कानुनविद् एकराज भण्डारी, नेकपा–माओवादीका पोलिटब्युरो सदस्य सुरेश आलेमगरले आफ्नो धारणा राखेका थिए ।कर्यक्रममा पूर्बमन्त्रि तथा नेकपा माओबादीका पोलिटब्युरो सदस्य पदम राई अर्का नेता असारे काका केन्द्रीय गुण राज लोहनी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम मोर्चाका संयोजक तिलक परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]