बन्द फिर्ता लिएर प्रचण्ड र गच्छदारले धोका दिए : महतो

२०७१ चैत्र २५ गते, बुधबार

काठमाडौ, २५ चैत । ३० दलीय मोर्चाका घटक दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो तीन दिने आमहडताल फिर्ता लिएको प्रति कडा आपति जनाएका छन ।उनले अब आन्दोलनका लागि मधेशी मोर्चालाई अलग ढंगबाट सोच्ने आवश्यकता आएको बताउनुभयो । आन्दोल सम्बन्धमा काठमाडौ आज संचारकर्मी संग कुरा गर्दै अध्यक्ष महतोले यस्तो बताएका हुन् ।बारम्मबार बन्दको घोषणा गर्नु र फिर्ता लिनुबाट जनतालाई दुःख दिने काम मात्र भएको उनले बताए । यस्तो बन्दका कारण कार्यकर्ताहरुको मनोवल समेत घटेको उनले जानकारी दिए । आन्दोलन उत्कर्षमा पुग्न लागेको समयमा प्रचण्ड र गच्छेदार मिलेर बन्द फिर्ता लिएर अन्य दललाई धोका गरेको आरोप लगाए ।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले अव्हान गरेको आमहड्तालको चैत २४ र २५ गतेको आन्दोलन फिर्ता लिएको निर्णयप्रति मधेही मोर्चाका अन्य घटक दलले पनि विरोध जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]