यमनमा भिडन्त सयौको मृत्यु

२०७१ चैत्र २५ गते, बुधबार

काठमाडौँ , २५ चैत । युद्धग्रस्ता यमनमा ज्यान गुमाउनेहरुको संख्या ५ सय ५० पुगेको छ भने १७ सय भन्दा धेरै घाइते भएका छन् । विश्व स्वास्थ्य संगठन र रेडक्रस सोसाईटीले अदन सहर कव्जा जमाउने क्रममा भएका ठुला भिडन्तमा धेरै हताहति भएको बताए । घाईतेहरुको संख्या अत्याधिक रहेकाले तुरुन्त स्वास्श्य सेवा पुर्याउनुपर्ने उनिहरुको भनाई छ । युद्ध शुरु भएयता यमनमा एक लाख भन्दा धेरै बिश्थापित भएका छन् । हुथी बिद्रोही बिरुद्ध यमन सरकार संगै साउदी अरेविया नेतृत्वको गठबन्धन सेनाले युद्ध लडिरहेको छ । ति सेनालाई अमेरिकाले समेत हतियार सहयोग गर्दै खाएको छ ।
युद्धका कारण यमनमा खाध्यान्न,खानेपानी र अस्पतालहरुमा औशधीको अभाव हुन थालेको युनिसेफले जनाएको छ । गृहयुद्ध चर्किएपछि यमनका राष्ट्रपति मंसुर हादी साउदी अरब भागेको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]