क्रेनले किच्दा सातको ज्यान गयो

२०७१ चैत्र २६ गते, बिहीबार

काठमाडौ, २६ चैत । भारतको मध्यप्रदेशको अमरकंटकमा एउटा मन्दिर निर्माणका क्रममा भएको दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन्।
घटनामा २० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पालमा उपचार भइरहेको भारतीय संचार माध्यमले जनाएका छन् । अनुपपुर जिल्ला प्रहरी प्रमुख निमिष अग्रवालका अनुसार पर्यटकीय स्थल अमरकंटकमा कयौ वर्षदेखि एउटा विशाल जैन मन्दिर निर्माणका काम चलिरहेको छ, जसमा ३ सय बढी मजदुर र कालीगढ काम गरिरहेका छन्।
उनका अनुसार बुधबार साँझा ठुलो वर्षासँगै मन्दिर निर्माणमा निकै माथि लगाइएको क्रेन खस्दा त्यस्ले किचेर मजदुर र पर्यटकको मृत्यु भएको हो।
प्रहरीले अहिलेसम्म सात जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतक संख्या बढ्न सक्ने बताएको छ।
मध्य प्रदेशको पहाडी क्षेत्रमा रहेको अमरकंटक छत्तीसगढको सीमामा पर्दछ । नर्मदा, सोन र जोहिला नदीको उदगम स्थल यही हो । हिन्दू धर्मावलम्बीको कयौ महत्वपूर्ण मन्दिर पनि यहाँ छ। छत्तीसगढबाट ठुलो संख्यामा पर्यटक यहाँ आउने गर्दछन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]