पूर्व राजा ज्ञानेन्द्र दिल्ली जाँदै
काठमाडौ, २७ चैत । पूर्व राजा ज्ञानेन्द्र शाह आज दिल्ली जाँदै छन । पूर्व रानी कोमलको स्वास्थ्य उपचारका लागि भन्दै पूर्व राजा ज्ञानेन्द्र दिल्ली जान लागेका हुन् । स्वास्थ्य उपचार भएपनि उनले दिल्लीमा रहँदा राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ ।भेटघाटको वाताबरण मिलाउन पूर्व युवराज्ञी हिमानी यसअघि नै दिल्ली गइसकेकी भएको छन । लामो समय थाइल्याण्डमा बसेर नेपाल फर्किएका युवराज पारशसँग नभेटी पूर्व राजा ज्ञानेन्द्र भारत जान लागेका हुन् ।
भारतमा एकहप्ता बसेर फर्किने पूर्व राजदरबारका सदस्यसचिव डा फणिराज पाठकले जानकारी दिए ।