काँग्रेसमा किचलो, सभापतिका लागि दौडधुप सुरु

२०७१ चैत्र २८ गते, शनिबार

काठमाडौँ । नेपाली काँग्रेसको भदौ २४ देखि २८ गतेसम्म काठमाडौंमा हुने १३ औं महाधिवेशनले काँग्रेसलाई तताउँदै लगेको छ । देशकै जेठो लोकतान्त्रिक पार्टीको उपमा पाएको काँग्रेसभित्र भावी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भइसकेको छ । संस्थापन पक्षबाट सभापतिको उम्मेदारको भन्ने निश्चित भइनसके पनि वरिष्ठ नेता शेरबहादुर देउवा भने आफैं मैदानमा उत्रने पक्का भइसकेको छ । नेतृत्व हत्याउन दुवै पक्षबीच प्रतिस्पर्धा सुरु भएको छ । पार्टी क्रियाशील सदस्यता नवीकरण तथा वितरणमा देखिएको विवाद त्यसकै प्रमाण हो । महाधिवेशनको तयारी स्वरुप क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि दुई पटक तोकिएको समय सकिँदा पनि अझै डेढ दर्जन जिल्लाबाट फारम केन्द्रमा आउन सकेको छैन । सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच टकराव हुँदा सदस्यसम्बन्धी काम समयमै नसकिएको हो । देउवा पक्षले आफ्ना गतिविधिलाई बलियो बनाउन १४ वटै अञ्चलमा कमाण्डरसमेत तोकेको छ । यसले गर्दा नेपाली काँग्रेसमा संबिधान निर्माणभन्दा पनि आसन्न महाधिवेशनको रन्को बढेको छ । यतिबेल्ला नेपाली काँग्रेसमा आसन्न महाधिवेशनवाट कसरी कार्यकारी पद हत्याउने भन्ने बिषयमा नेताहरु तल्लिन हुन थालेका छन् र अहिले काँग्रेसमा केन्द्रदेखि गाउँतहसम्म भागवण्डा र गुटवन्दीको राजनीति मौलाएको देखिन्छ र आसन्न महाधिवेशनवाट नेतृत्व हत्याउन शीर्ष नेताहरुले नै आन्तरिक तयारीलाई तिव्र बनाएका छन् । केन्द्रदेखि गाउँतहसम्म भागवण्डा र गुटवन्दीको राजनीति मौलाएपछि काँग्रेसभित्र अहिले संस्थापन पक्ष सुशील कोइराला र वरिष्ठ नेता शेरवहादुर देउवा आ–आफ्नो पक्षमा कार्यकर्तालाई पार्न दौडधुपमा लागेका छन् । आउँदो भदौको २४– २८ सम्म हुने महाधिवेशनमा सभापतिको लागि वरिष्ठ नेता देउवाले भित्री तयारी तीव्र बनाइसकेका छन् भने संस्थापन पक्षबाट रामचन्द्र पौडेल पनि नेतृत्व हत्याउन रणनीति बुन्न लागिपरेका छन् । वर्तमान सभापति कोइरालाले दोहो¥याउने सम्भावना नभएको भन्दै उपसभापति पौडेलले आफ्नो दाबीलाई मजवुत बनाउदै छन् । वर्तमान सभापति कोइरालालाई पुनः नेतृत्व दावी गर्न अनूकुल नभएको औँल्याउँदै सस्थापन पक्षबाट पौडेल र देउवावीच सभापतिमा प्रतिस्पर्धा हुने अनुमान गर्दै महाधिवेशनलाई नै लक्षित गरी शीर्ष नेताहरुले जिल्ला दौडाहालाई प्राथमिकता दिएका छन् । जिल्ला दौडाहाबाटै को कति बलियो छन् भन्ने तथ्याङ दुवै पक्षले गर्न थालेका छन् । संस्थापन पक्षबाट सभापति कोइराला, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रिय सदस्यहरु डा. सशांक कोइराला, डा. शेखर कोइराला, डा. रामशरण महत, सुजाता कोइराला, अर्जुननरसिंह केसी, नरहरि आचार्य, प्रवक्ता दिलेन्द्रप्रसाद बडु, धनराज गुरुङ्ग, गगन थापा लगायतका नेताहरुको प्यानल नै बनाएर दौड दौडाहामा निस्किएका छन् ।
देउवापक्षबाट भने नेताहरु विमलेन्द्र निधि, पुर्णवहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाड, एनपी साउद लगायतका नेताहरु महाधिवेशनेका जोड–घटाउम लागेका छन् । संस्थापन पक्षमा पदाधिकारीको लागि आकाक्षी धेरै भएको कारण प्यानल मिलाउँदा धेरै विवाद आउने देखिएपछि संस्थापन पक्ष निकै अपठ्यारोमा परेको छ भने यता देउवा पक्षलाई निकै सहज भएको छ । संस्थापन पक्षमा वर्तमान सभापति सुशील कोइरालाले यो महाधिवेशनमा नेतृत्व दाबी नगर्ने विषयमा पनि गृह कार्य भइरहेको बताइएको छ ।
कोइरालाले आफ्नो कार्यकालमा पार्टीलाई विधिसंगत सञ्चालन गर्न नसकेको, सरकारको नेतृत्व गरेपनि सुशासन कायम गर्न नसकेको तथा तोकिएको समयमा संविधान दिन नसकेको, भ्रातृ संगठनहरुको महाधिवेशन गर्न नसकेको, पार्टी संगठन झन कमजोर भएको जस्ता अनेकौं आरोप केन्द्रिय सदस्यहरुबाटै खेप्दै आएका छन् । पार्टीभित्र ४० प्रतिशतको भागवण्डा लिएर बसेको देउवाले महाधिवेशनको मिति तय हुनुपुर्व देखिनै नेतृत्वको लागि आफ्नो रणनीति बनाइरहेको सन्दर्भमा संस्थापन पक्षवीच नै भागवण्डा नमिले नेतृत्वलिन देउवालाई अझ सजिलो हुने आकलन पनि काँग्रेसभित्र सुरु भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]