पन्ध्र किलोमिटरको भाडा दुई सय !

२०७१ चैत्र २८ गते, शनिबार

काठमाडौँ । बैतडीको पाटनदेखि सलेनासम्म चल्ने सवारी साधनले मनपरी भाडा असुल्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । पाटनदेखि सलेनासम्म १५ किलोमिटरसम्मको दूरीमा प्रतियात्रु रु. २०० भाडा सार्वजनिक सवारी साधनले लिने गरेको स्थानीय सुरेन्द्र भट्टले बताए । जिप तथा बस व्यवसायीले यात्रुबाट दश गुणा बढी भाडा असुल्ने गरेको गुनासो छ । स्थानीयले दैनिक रुपमा आवतजावत गर्न १५÷२० किलोमिटरलाई रु. १८० देखि रु २५० सम्म तिर्नुपरेको छ । पाटनदेखि सलेनासम्म १० किलोमिटर यात्रा गर्न पनि यातायात व्यवसायीले महँगो भाडा लिने गरेका छन् । सार्वजनिक यातायात व्यवसायीले पक्की सडकमा प्रतिकिलोमिटर साढे २ रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमिटर चार रुपैयाँमात्रै भाडा लिन पाउने भए पनि मनोमानी रकम असुल गरिरहेको स्थानीय समाजसेवी जयबहादुर चन्दले बताए । केही वर्षअघि मात्रै खुलेको सडकमो जोखिम मोलेर यातायाताका साधन सञ्चालन गर्नु परेका कारण बढी भाडा लिनुपरेको व्यवसायीले प्रतिक्रिया दिएका छन् । पाटनबाट दैनिक रुपमा सलेना दुई÷दुईवटा जिप र बस चल्ने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार