भारत र फ्रान्सबीच रक्षा र परमाणु ऊर्जा सम्बन्धि सम्झौता

२०७१ चैत्र २८ गते, शनिबार

काठमाडौं,२८ चैत । भारत र फ्रान्सबीच रक्षा र परमाणु ऊर्जा सम्बन्धमा महत्वपूर्ण सम्झौता भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणका क्रममा दुई देशबीच रक्षा र परमाणु ऊर्जा सम्बन्धमा सम्झौता भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।सम्झौताअनुसार फ्रान्सले भारतलाई ‘३६ रफाएल’ लडाकू विमान बिक्री गर्ने छ भने जैतापुरमा परमाणु ऊर्जा प्लान्ट निर्माण गरिनेछ ।
यस्तै, फ्रान्सले भारतमा तीनओटा ‘स्मार्ट सहर’ निर्माणका लागि पनि सहयोग गर्ने छ ।भ्रमणका क्रममा फ्रान्सेली समकक्षी फ्रान्स्वा ओलान्डसँगै भारतीय प्रधानमन्त्री मोदीले सेन नदीमा ढुंगा सयर गर्दै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन महत्वपूर्ण विषयहरुमा छलफल गरेको बताइएको छ ।यसका साथै फ्रान्सले भारतीय नागरिकलाई निवेदन दिएको ४८ घन्टाभित्र भिसा उपलब्ध गराउने निर्णय गरेको छ । यसलाई लागू गर्न प्रक्रियालाई तीव्ररुपमा अघि बढाइने भारतीय अधिकारीहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]