समानान्तर संविधानसभाको तयारी

२०७१ चैत्र ३० गते, सोमबार

काठमाडौं, ३० चैत । सत्तारुढ दलहरुले संविधानसभामा प्रक्रिया अघि बढाए एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधनसभाको छुट्टै बैठक बोलाउने योजना बनाउन थालेको आजको नयाँ पत्रिकामा खबर छ । यसबारे मोर्चाभित्र अनौपचारिक छलफल सुरु भएको छ । उपसभामुख ओनसरी घर्तीको नेतृत्वमा बोलाइने त्यस्तो बैठकमा मोर्चामा आबद्ध दलका सभासद्हरु सहभागी हुनेछन् ।
संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष खगेन्द्र माखिमले मोर्चामा आबद्ध दलका नेताहरुबीच छुट्टै बैठक बोलाउनेसम्मको छलफल भएको बताए ।
माखिमले आइतबार प्रचण्डसँग भएको भेटमा पनि यस विषयमा छलफल भएको बताए । ३० दलीय मोर्चाभित्र एक सय ४७ सभासद् छन् ।
उपसभामुख घर्ती एमाओवादी नेतृ हुन् । गत ११ माघमा संविधानसभाभित्र सत्तारुढ दलले प्रक्रिया अगाडि बढाएपछि विपक्षीले संविधानसभा बहिस्कार गर्दै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]