आइएस विश्वकै सबैभन्दा धनी बिद्रोही संगठन
काठमाडौं, ३० चैत । इस्लामिक स्टेट (आइएस) विश्वको सबै भन्दा धनी बिद्रोही संगठन मानिएको छ । विश्लेषकका अनुसार आइएसले चन्दा, तेलको तस्करी, अपहरण, मानव तस्कर, जबरजस्ती असुली, डकैती र पुरातात्विक महत्वका वस्तुको कारोबारबाट पैसा कमाएको हो । एक रिपोर्टका अनुसार सिरियाको दमासकसमा लुटिएको वस्तु आइएसले ३ दशमलव ६ करोड डलरमा बेचेको थियो ।
आइएसले प्राचीनस्थल नष्ट गरिरहेका छन् जहाँ अनेकौं पुरात्तात्विक महत्वका वस्तुहरु छन् । सभ्यता, पुरातात्विक महत्वका वस्तु लुट्ने, चोर्ने भएकाले अन्तर्राष्ट्रिय समुदायले आइएसलाई ‘बल्ड एन्टिक्स’ को संज्ञा दिएका छन् ।
आइएस आफ्नो खर्च उठाउनका लागि पुरात्तात्विक वस्तुको लुटपाट गर्ने पहिलो विद्रोही संगठन हो । आइएसले इजिप्ट, सिरिया, इराक लगायतका राष्ट्रका पुरात्तात्विक र सांकृतिक सम्पदा नष्ट गर्दै आएको छ । – एजेन्सी