जाजरकोटमा फैलिएको प्रकोपको नियन्त्रण गर : प्रकाण्ड

काठमाडौँ । नेकपा माओवादीले जाजरकोटमा एक महिना अघिक़बाट फैलिएको अज्ञात रोग प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माओवादीका प्रबक्ता प्रकाण्डले एक बिज्ञप्ति जारी गर्दै उक्त विषयमा ध्यानाकर्षण भएको जनाएका छन् । प्रबक्ता प्रकाण्डद्वारा बिज्ञप्तिमा भनिएको छ – केहि समय अगाडीदेखि जाजरकोट जिल्लामा फैलिएको अज्ञात रोगको प्रकोपबाट जनतामा हुनपुगेको क्षति एबंम त्यसको फैलदो अबस्थाप्रति हाम्रो पार्टीको ध्यान गम्भीररुपले आकर्षित भएको छ ।
सर्बप्रथम उक्त रोगका कारण गत चैत्र १० गते ज्यान गुमाउन पुगेकी पैक गाबिसकी जसोदी उपाध्याय लगायत हालसम्म अकालमा ज्यान गुमाउन पुगेका १८ जना मृतकहरु प्रति हाम्रो पार्टी हार्दिक श्रदान्जली अर्पण गर्दछ, उहाहरुका शोक-सन्तब्द आफन्तजनहरु प्रति हार्दिक समबेदना व्यक्त गर्दछ र रोगबाट प्रभावित अस्वस्थ जनताहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
यसैगरी प्रकाण्डले जारी गरेको बिज्ञप्तिमा अगाडी भनिएको छ – रोगको समस्या देखिएको एकमहिना भइ १८ जना जनताले आकल मृत्युवरण गरिसक्दा, पैक गाबिसबाट सुरु भएको रोग ताले गाउँ, आथाली, भिमे,डाडा गाउँ, रोकायाबाडा, नायकबाडालगायात झन्डै एक दर्जन गाबिसमा फैलिएर सयौको संख्यामा जनता बिरामी भैसक्दा र जिल्लामा आम जनता उक्त रोगको फैलावटबाट आतंकित भइसक्दा पनि राज्य र सरकार पुरै गैरजिम्मेवार र सम्बेदनहिन देखिनुले हाम्रो पार्टी यसको घोर भत्सना र निन्दा गर्दछ। तदारुकता र जिम्मेवारीबोधकासाथ रोगको नियन्त्रण,रोगबाट प्रभावित बिरामी जनताको यथासक्य उपचारको ब्यबस्था र मृतकका परिवारलाइ उचित राहतको ब्यबस्था गर्न हाम्रो पार्टी सरकारसंग जोडदार माग गर्दछ ।
यस्तै माओवादीले अज्ञात रोगककारण प्रभावित भएका जनताको स्वास्थ्य उपचार र रोग नियन्त्रणकालागी लागिपर्न जनस्वास्थ्य सेवामा लागेका सम्पूर्ण स्वास्थ्यकर्मी , स्वास्थ्य संघ, संगठन र पार्टी कार्यकर्तालाइ समेत बिषेश अपिल गरेको छ ।
माओवादीका प्रबक्ता प्रकाण्डले जारीगरेको प्रेस बिज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ‘केहि समय अगाडीदेखि जाजरकोट जिल्लामा फैलिएको अज्ञात रोगको प्रकोपबाट जनतामा हुनपुगेको क्षति एबंम त्यसको फैलदो अबस्थाप्रति हाम्रो पार्टीको ध्यान गम्भीररुपले आकषिर्ष भएको छ । सर्बप्रथम उक्त रोगका कारण गत चैत्र १० गते ज्यान गुमाउन पुगेकी पैक गाबिसकी जसोदी उपाध्याय लगायत हालसम्म अकालमा ज्यान गुमाउन पुगेका १८ जना मृतकहरु प्रति हाम्रो पार्टी हादिर्द श्रदान्जली अर्पण गर्दछ, उहाहरुका शोकसन्तब्द आफन्तजनहरु प्रति हार्दिक समबेदना व्यक्त गर्दछ र रोगबाट प्रभावित अस्वस्थ जनताहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
रोगको समस्या देखिएको एकमहिना भइ १८ जना जनताले आकल मृत्युवरण गरिसक्दा, पैक गाबिसबाट सुरु भएको रोग तालेगाउँ, आथाली, भिमे,डाडागाउँ, रोकायाबाडा, नायकबाडालगायात झन्डै एक दर्जन गाबिसमा फैलिएर सयौको संख्यामा जनता बिरामी भैसक्दा र जिल्लामा आम जनता उक्त रोगको फैलावटबाट आतंकित भइसक्दा पनि राज्य र सरकार पुरै गैरजिम्मेवार र सम्बेदनहिन देखिनुले हाम्रो पार्टी यसको घोर भत्सना र निन्दा गर्दछ । तदारुकता र जिम्मेवारीबोधकासाथ रोगको नियन्त्रण,रोगबाट प्रभावित बिरामी जनताको यथासक्य उपचारको ब्यबस्था र मृतकका परिवारलाइ उचित राहतको ब्यबस्था गर्न हाम्रो पार्टी सरकारसंग जोडदार माग गर्दछ । अन्यथा यसको परिणाम गम्भीर हुने अवस्थाप्रति पनि समयमै सचेत गराउन चाहन्छ ।
अज्ञात रोगककारण प्रभावित भएका जनताको स्वास्थ्य उपचार र रोग नियन्त्रणकालागी लागिपर्न जनस्वास्थ्य सेवामा लागेका सम्पूर्ण स्वास्थ्यकर्मी, स्वास्थ्य संघ, संगठन र पार्टी कार्यकर्तालाइ हाम्रो पार्टी बिषेश अपिल गर्दछ ।’