माओवादीद्धारा काभ्रेमा सयौ रोपनी जग्गा कब्जा

२०७२ बैशाख ७ गते, सोमबार

काठमाडौँ । नेकपा माओवादीले काभ्रेमा १५ सय रोपनी सार्वजनिक जग्गा कब्जा गरेका छन् । माओवादी जिल्ला इन्चार्ज चुडामणि गौतम ‘हेमक’का अनुसार जिल्लाको नयाँगाउ देउपुर गाविस वडा नं ८ स्थित ठुलो चौरको १५ सय रोपनी सार्वजनिक जग्गा कब्जा गरेको गरिएको हो । भूमाफियाहरुले सार्वजनिक जग्गा आफ्नो भोग चलन गरेकाले संरक्षणका लागि नियन्त्रण्मा लिएको इन्चार्ज हेमकले बताए ।
२०४१ सालमा काठमाडौ एग्रीकल्चर कन्सन सहित ५ वटा कम्पनीको नाममा रहेको उक्त जग्गालाइ भू माफियाहरुले आफ्नो बनाएकाले कब्जा गरिएको माओवादीद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तिमा पार्टिको केन्द्रीय निती अनुसार राज्यको सम्पति माथी भएको अतिक्रमण रोक्न जग्गा कब्जा गरिएको भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]