लोडसेडिङ फेरी घट्यो

२०७२ बैशाख ११ गते, शुक्रबार

काठमाडौं, ११ वैशाख । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समयावधि घटाएको छ । प्राधिकरणले हाल गर्दै आइरहेको दैनिक लोडसेडिङको समयमा केही कम गरेको हो । प्राधिरकरणले शनिबारदेखि लागू हुने गरी लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार अब सातामा ४७ घन्टासम्म लोडसेडिङ हुनेछ । यसअघि सातामा ५५ घन्टासम्म लोडसेडिङ हुँदै आएको थियो । अब सातामा ४ दिन ६ घन्टा, दुईदिन ८ घन्टा र एकदिन ७ घन्टा बिजुली काटिने छ । ‘कुलेखानी जलासयको पानी सन्चिती अनुकूल रहेकाले साविकमा हुँदै आइरहेको लोडसेडिङ तालिकामा हेरफेर गरिएको’ प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार

नेप्से १८.०२ अंकले घट्यो

२०८२ भाद्र ८ गते, आईतवार