प्रधानसेनापति पाकिस्तान जाँदै

२०७२ बैशाख १२ गते, शनिबार

काठमाडौँ, १२ वैशाख । प्रधानसेनापति गौरव शम्सेर जवरा आफ्ना पाकिस्तानी समकक्षी साहिल सरिफको निमन्त्रणामा आज पाकिस्तानको साताव्यापी भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनले पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन, रक्षा सचिव मुहम्मद अलामसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जङ्गी अड्डामा पत्रकार सम्मेलन गरेर दिए ।
प्रधानसेनापतिको पाकिस्तान भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुनका साथै दुई देशका सेनाबीचको सहकार्यले पारस्परिक सम्बन्ध विस्तारमा योगदान पुग्ने विश्वास नेपाली सेनाले गरेको उनले बताए ।
प्रधानसेनापति जवरा नेतृत्वको भ्रमण दलमा उपरथी सुन्दर पुडासैनी, सहायक रथी ईश्वर हमाल र सहसेनानी सुदर्शन बस्नेत छन । प्रधानसेनापतिको यो भ्रमण एक दशकपछि हुन लागेको हो । पाकिस्तानी प्रधानसेनापतिबाट हालसम्म नेपाल भ्रमण भएको छैन ।

प्रतिक्रियाहरु

[anycomment]