फेरि भूकम्प आउँदैछ भन्दै हल्ला चलाउने प्रहरीको फन्दामा
काठमाडौं ,१६ वैशाख ।प्रहरीले फेरि शक्तिशाली भूकम्प आउँदैछ भनी अफवाह फैलाउने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुले ८.४ रिक्टर स्केलको भूकम्प फेरि जाँदैछ भनेर हल्ला फैलाएका थिए ।
यस्तै कालिमाटी, कलंकी र बल्खु क्षेत्रमा बढी मूल्यमा खाद्य पदार्थ विक्री गरी कालोबजारी गर्ने ६ जनालाई पनि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।