११ प्रहरी सम्पर्क विहीन

२०७२ बैशाख १७ गते, बिहीबार

काठमाडौ, १७ बैशाख । दोलखाको चिलंखा गाविसमा रहेको साङ्बा प्रहरी चौकीमा कार्यरत ११ जना प्रहरी भूकम्प गएको दिनदेखि सम्पर्क विहीन भएका छन् । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको चौकीका ११ जना प्रहरी सम्पर्क बाहिर रहेको प्रहरी नायव उपरीक्षक अजय केसीले बताए ।
भुकम्प गएको दिनदेखि सञ्चार सेट पनि बन्द रहेको केसीले बताए । भुकम्पपछि दोलखाको विगु, चिलंखा, आलम्पु, खोपाचाकु गाविसमा सञ्चार सम्पर्कबाट विच्छेद भएको छ । सदरमुकाम चरिकोटबाट २ दिनको पैदल दुरीमा पर्ने चिलंखाको साङ्बा प्रहरी चौकीतर्फ ३ जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु