भूकम्पका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या सात हजार छ सय बाउन्न
काठमाडौँ, २३ वैशाख । यही बैशाख १२ गते शनिबार र आइतबार गएको भूकम्पमा परी हालसम्ममा सात हजार ६५२ जनाको ज्यान गएको छ ।
गृह मन्त्रालयले आज उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १६ हजार ३९० पुगेको छ ।
हालसम्म धेरै मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा दुई हजार ९३९ पुगेको छ भने काठमाडौँमा मृतकको सङ्ख्या एक हजार २०९ पुगेको छ । भूकम्पका कारण १० हजार ७६१ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिक रुपमा १४ हजार ८०४ घर तथा भवन क्षति भएका छन् । सर्वसाधारणका दुई लाख ७९ हजार २३४ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ३७ हजार ६८ घर क्षति भएका छन् । रासस