कुखुराको मासुको मूल्य ह्वात्तै घट्यो
काठमाडौ,२५ वैशाख । भूकम्पको त्रासले उपत्यकावासी बाहिरिएपछि काठमाडौमा कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ । केही मासु व्यवसायीले शुक्रबार दैनिक पत्रिकामा मासु सस्तो भएको सूचना नै निकालेका छन् ।बिहीवार कुखुरको मासुको मूल्य प्रतिकिलो दुईसय पचास रुपैयाँ थियो । शुक्रबार घटेर दुई सय रुपैयाँमा झरेको छ ।उपत्यकामा महामारी फैलिन्छ भन्दै उपत्यका छाड्नेहरु बढेसँगै मासुको खपतमा कमी आएको छ । मासु खाँदा रोग लाग्छ भन्ने हल्ला समेत चलेपछि मासुको बजार चौपट भएको व्यवसायी बताउँछन् ।