राष्ट्र बैंक प्रभु बैंकको भवनमा सारिदै

२०७२ बैशाख ३१ गते, बिहीबार

काठमाडौँ , ३१ वैशाख । गतवैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट नेपाल राष्ट्र बैंकको भवन भत्किएपछि अव्यवस्थित कार्यसम्पादनलाई सहजरुपमा सञ्चालनका लागि केन्द्रीय बैंकका केही शाखा प्रभु बैंकको लैनचौर भवनमा सारिने भएको छ । राष्ट्र बैंकको पुरानो भवन र थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा भूकम्पले क्षति पु-याएको छ । बैंकको कार्यसम्पादनलाई पहिलेकै अवस्थामा फर्काउन अप्ठ््यारो परेकाले केही समयका लागि भाडामा राष्ट्र बैंकका केही विभाग तथा इकाई आगामी सातादेखि लैनचौरमा सार्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालयस्थित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लघुवित्त कम्पनीका सुपरिवेक्षण विभाग प्रभु बैंकको भवनमा सर्न लागेको हो । केन्द्रीय बैंकको कानुन इकाई र वित्तीय जानकारी इकाई पनि सोही भवनमा सर्न लागेको छ । भूकम्पका कारण गभर्नरको कार्यालय पनि राष्ट्र बैंक केन्द्रीय कार्यालयभित्रकै नयाँ भवनमा सारिएको छ ।
राष्ट्र बैंकले अति आवश्यकीय सेवालाई सहजरुपमा उपलब्ध गराउन सकारात्मक पहल गरेको भए पनि आफ्नै कार्यालय भने व्यवस्थित गराउन सकेको छैन । राष्ट्र बैंकका कर्मचारी पालमुनि रहेका छन् भने उच्च अधिकारी नयाँ भवनमा खाँदाखाँद गरेर अत्यावश्यक निर्णय गर्दैआएका छन् । कर्मचारीले भूकम्प गएको लामो समयसम्म पनि व्यवस्थापन गर्न नसकेको गुनासो गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार

नेप्से १८.०२ अंकले घट्यो

२०८२ भाद्र ८ गते, आईतवार