बीपी लोकमार्ग साना सवारीलाइ मात्र

२०७२ जेष्ठ ६ गते, बुधबार

काठमाडाै‌,६ जेठ । यातायात व्यवस्था विभागले बीपी लोकमार्गमा साना सवारी साधनमात्र गुडाउन पाइने व्यवस्था गर्न लागेको छ। काठमाडौं उपत्यकालाई पूर्वी तराईसँग जोड्ने यस सडकमा १० टनभन्दा बढी लोड सवारी साधनले बोक्न पाउने छैनन् । विभागले सडकको चौडाई एक लेनको मात्र भएकाले त्यही अनुसार सवारी साधन गुडाउन दिन लागेको हो। ‘त्यस सडकमा ठूला सवारी साधन गुुडाउँदा दुर्घटना बढी हुन सक्छ’ विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले भने, ‘त्यही भएर बढी लोड बाक्ने, ठूला र रात्रि बसलाई यस खण्डमा रोक लगाउन लागिएको हो।’ उनले १० दिनभित्र यो निर्णय पूर्णरूपमा लागू गर्ने बताए।
विभागले यस सडकको छुट्टाछुट्टै खण्डमा क्षमता अनुसारका सवारी साधन चलाउन पाउने निर्णय गर्न लागेको हो। काठमाडौं–खुर्कोट, काठमाडौं–खुर्कोट–सिन्धुली–बर्दिवास खण्डमा बस, बर्दिबास–खुर्कोट, मन्थली–चरिकोट, काठमाडौं–खुर्कोट–चरिकोट तथा खुर्कोट–सिन्धुली खण्डमा १६ सिटसम्मका चिप, माइक्रोबस र मिनिबसलगायतका साना सवारी साधनमात्र चलाउन दिने विभागले तयारी गरेको छ। जापानी सहयोगमा बनेको सडक गत वर्ष पूरा भएको हो। उक्त लोकमार्ग काभ्रे र सिन्धुलीका पहाड हुँदै बर्दिवास पुग्छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

श्रीनगर एग्रीटेकको आईपीओ निष्कासन

२०८२ आश्विन २६ गते, आईतवार

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार