लाप्राकका बासिन्दालाई अन्यन्त्रै सार्ने तयारी

२०७२ जेष्ठ ६ गते, बुधबार

काठमाडाै‌,६ जेठ । महाभुकम्पको केन्द्रबिन्दु गोरखाका २२ गाउँका दुई हजार दुई सय १४ घरधुरीलाई अन्यत्र सार्ने निर्णय जिल्ला दैवी प्रकोप उद्धार समितिले गरेको छ । क्षेत्र नम्बर २ र ३ का ११ गाउं विकास समितिका गाउँमा भूकम्पले पहिरो जाने, जमिन भासिने भएपछि अन्यत्र पुर्नवास गराउने निर्णय भएको हो । स्थानीयले समितिमा दिएको निवेदन, अनुगमनका क्रममा देखिएको अवस्था, क्षति बिवरण र भौगोलिक बनावटलाई ध्यान दिएर निर्णय गरिएको समितिले जनाएको हो ।सबैभन्दा धेरै उत्तरी गोरखाको लाप्राक गाविसका नौ वटै वडाका बासिन्दालाई अन्यत्रै सानुपर्ने निश्कर्षमा समिति पुगेको छ । बारपाकका छ सय १५ घरधुरी बिस्थापित हुनेछन् ।
त्यस्तै केरौँजा गाविसका वडा नम्बर १ देखि ४ सम्मको केरौँजा गाउँका तीन सय घरधुरी, गुम्दाको सिङला, लप्सिबोट र यमगाउँ गरी तीन सय ४३ घरधुरी बिस्थापित हुनेछन् ।
त्यहाँका स्थानीयले जिल्ला दैविक प्राकोप उद्धार समितिमा गाउँमा पुर्नस्थापन हुन नसक्ने अवस्था रहेको बताउँदै निवेदन दिएका छन् ।
कतिपय गाविसका गाउँहरु राजनीतिक दलका नेता पुगेर स्थलगत अवलोकन गरेर बस्ती बस्न नसक्ने निश्कर्ष सहित समितिले निर्णय गरेको हो ।
लापु गाविसको १,२,४ र ६ नम्बर वडाका ठाँटी, भिरकुना, पौटी, खानीगाउँका दुई सय ४५ घरधुरी भूकम्पपछि बिस्थापित हुने भएका छन् ।
मान्बु गाविसको घोरत र स्याम्चेतका दुई सय पाँच घरधुरी, सिर्दीसको सानु फिलिम र देबलका ३५ घरधुरी, बापाकको मान्द्रे र कोँजेका एक सय घरधुरी बिस्थापित हुनेछन् ।
त्यस्तै सिम्जुङको पात्लेको ३० घरधुरी, सौरपानी सिम्बु गाउँको २५ घरधुरी भुकम्पपछि पुन स्थापन हुन सक्ने अवस्थामा छैनन् ।
घ्याल्चोक गाविसको २,५,८ र ९ नम्बर वडाका एक सय १६, उहीयाको खोर्लागाउँका एक सय गरी २२ सय १४ घरधुरी भूकम्पका कारण आफ्नो थातथलोबाट बिस्थापित हुने भएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]