भारत चाहे जति सहयोग गर्न तयार छ : पीके मिश्र

२०७२ जेष्ठ ६ गते, बुधबार

काठमाडौं, ६ जेठ । नेपालमा गएको महाभुकम्पपछि पुर्‍याएको क्षतिवारे जानकारी लिन नेपाल आएका भारतका अतिरिक्त एवं प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सल्लहाकार पीके मिश्रले भारतले चाहे जति सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । आज विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उनले यस्तो भएको हो ।
यसैगरि उनले महाभुकम्पपछि उद्दार कार्य र प्रभवित क्षेत्रको पुर्नस्थापनामा निकै चनौती रहेको वताउँदै सवै पक्षले यसमा हातेमालो गरेर जानुपर्ने सुझाव दिए ।
उनले वर्षाको समय नजिकिदै गइरहेकोले यहाँको सरकारले प्रभावित क्षेत्रमा अविलम्व सुरक्षित वसोवासको अवस्था मिलाउनुपर्ने सुझाव उनको छ ।

प्रतिक्रियाहरु

[anycomment]