बेलायतले साढे १५ अर्ब भन्दा बढी सहयोग गर्ने

२०७२ जेष्ठ ६ गते, बुधबार

काठमाडौं,६ जेठ । बेलायत सरकारले नेपालका भूकम्प प्रभावितका लागि १५ अर्ब ७० करोड नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।
बेलायत सरकारका अन्तर्राष्ट्रिय विकास सम्बन्धी सचिव जस्टिन ग्रिनिङले बुधबार बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमामा प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा प्रभावित जिल्लाको स्वास्थ्य क्षेत्रमा आफ्नो देशले १० मिलियन स्टलिङ पाउण्ड अर्थात १५ अर्ब ७० करोड, ७० हजार नेपाली रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
बेलायत सरकारले विशेष गरेर अस्पतालका लागि गर्ने भनिएको यो सहयोग रकम अन्तर्राष्ट्रिय क्षेत्रबार प्राप्त अहिले सम्मकै ठुलो सहयोग हो । भेटमा ग्रिनिङले भूकम्प प्रभावितको राहत तथा पुननिर्माणका क्षेत्रमा भैरहेका पहल बारे जानकारी लिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

श्रीनगर एग्रीटेकको आईपीओ निष्कासन

२०८२ आश्विन २६ गते, आईतवार

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार