आषाढ मसान्तसम्म सेना परिचालन गर्न स्वीकृति
काठमाडौं, ६ जेठ । राष्ट्रपति डा. रामवरण यादवले आषाढ मसान्तसम्म नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् ।यसअघि गत वैशाख १२ गतेदेखि नै सेना परिचालन हुँदै आएपनि राष्ट्रपति यादवले बुधबार मात्र स्वीकृत प्रदान गरेका हुन् ।विपदमा सेना परिचालनको सरकारी तौर–तरिकाबारे सेनाका परमाधिपति राष्ट्रपति यादवसमेतले असन्तुष्टि जनाएपछि सरकारले बल्ल वैधानिक प्रक्रियाबाट सेना परिचालनबारे सिफारिस गरेको थियो ।सोमबारको मन्त्रिपरिषद बैठकले विपद् व्यवस्थापनका लागि आगामी आषाढ मसान्तसम्म सेना परिचालन गर्न राष्ट्रपति यादवसमक्ष सिफारिस गरेको थियो ।