अमेरिकी सेना स्वदेश फर्किदै

२०७२ जेष्ठ ७ गते, बिहीबार

काठमाडौ, ७ जेठ । गत बैसाख १२ गते आएको विनाशकारि भुकम्पपछि उद्धार र राहत वितरणमा खटिदै आएको अमेरिकी सैनिक (मरि) टोली आज स्वदेश फर्कने भएको छ । भुकम्पपीडितलाई उद्धार राहत वितरण गर्न अमेरिकी सेनाले ल्याएकामध्ये चारओटा हेलिकोप्टर ओस्प्रे फर्कने भएका हुन् । अन्य दुईवटा भने केहि दिनपछि मात्रै फर्कने नेपाल स्थित अमेरीकी दुतावासले जनाएको छ । दुतावासका अनुसार आवश्यकता रहेसम्म सानो संख्यामा भने अमेरीकि सैनिक अझै केहि समय नेपालमा रहने र बाकी रहेका विमानहरु पनि सो समयमा नै फर्कने छन् ।
नेपालको भुभागमा राहत वितरण र उद्धारका लागि अमेरिकी अत्याधुनिक ओस्प्रे हेलिकोप्टर उपयुक्त नभएको भन्दै आलोचना हुदै आएको थियो ।
भुकम्पका कारण भत्किएका संरचनाको पुनः निर्माणका समयमा फेरी अमेरीकी सेनाका तथा गैरसैनीक इन्जिनियर र केहि प्राविधिकहरु नेपाल आउने जनाईएको छ ।
पिडितको उद्धारका लागी आएको सेनाको एउटा हेलिकोप्टर भने सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटना भएको थियो । सो विमानमा ६ अमेरीकी तथा दुई नेपाली सैनिकको ज्यान समेत गएको छ ।

प्रतिक्रियाहरु

[anycomment]