भूकम्पपीडितलाई जस्तोसुकै सहयोग गर्न तयार : जापानी राजदूत

२०७२ जेष्ठ ८ गते, शुक्रबार

काठमाडौं, ८ जेठ । नेपालका लागी जापानी राजदूत मामासी ओगवाले भूकम्पपीडित नेपालीका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन् ।
सभामुख सुवासचन्द्र नेम्वाङसँगको भेटमा शुक्रबार राजदूत मामासीले नेपालको प्राथमिकतामा सहयोग गर्न आफूहरु तयार रहेको बताएका हुन् ।नेपाल र जापानबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै उनले नेपाली जनताको दुःखमा जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएको सभामुख नेम्वाङले जानकारी दिए ।नेम्वाङले नेपाललाई पुनर्निर्माणमा सहयोग आवश्यक रहेको भन्दै त्यसमा सहयोगको अपेक्षा बढी भएको बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]