पर्यटनमन्त्री शेर्पाद्वारा शपथ ग्रहण

२०७२ जेष्ठ ८ गते, शुक्रबार

काठमाडौँ, ८ जेठ ।राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पालाई आज अपराह्न राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ गराए ।आजै प्रधानमन्त्री कोइरालाले नेकपा (एमाले) को सिफारिसमा सभासद् शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेका हुन् ।शपथ ग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमको उपस्थिति थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु